उदाहरणीय खड्का जोडी
समाजमा अझैपनि घरायसीे काम महिलाले मात्रै गर्ने हो र अर्थाेपार्जन तथा व्यवसायिक पाटो चाँही पुरुष सदस्यले मात्र गर्नुपर्छ भन्ने मान्यता छ त्यसलाई चिर्दैछन् ग्रामिण नमुना कृषकका जोडी सत्यदेवी र झलक खड्का । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ पोखरेबगरमा बस्दै आएका जोडी लैंिगक समानता तथा सामाजिक समाबेसीकरणको दृष्टिकोणमा एक उदाहरणLय नमुना जोडी हुन् ।
सत्यदेवीको परिवार परम्परगत कृषि पेसामा निर्भर रहेर जीवन निर्बाह गरेका थिए ताकी उनीहरुको अन्य आम्दानीको स्रोत केहीपनि थिएन । जीवन धान्नको लागि आधारभुत आबश्यकता नभएकोबेला परिवारको संख्या बढ्नेक्रममा थियो त्यसैले पनि चिन्तित सत्यदेवीले छिमेकीलाई पैसा सापटी र आफुले यताउती गरेर बचाएको पैसा जम्मा गरी बिदेश पठाउने निर्णयमा पुगे । खाडीमुलुकमा ७ महिना काम गर्दापनि कम्पनीले तलब नदिएपछि सत्यदेबीले श्रीमानलाई घर फर्कन भनेपछि परिवार झनै ऋणमा दुब्यो । एकातर्फको ऋण माथि ऋण र अर्कोतर्पmको के खाउ के लाउ को तनाब भए पछि सत्यदेवीको गहना बेचेर पुनः बिदेश हानिए झलक । दुर्भाग्यबस गएको तिन महिना नबित्दै मेडिकल रिपोर्ट खराब आएपछि कम्पनीले घर पठाइदियो । परिवार गरिबीले गर्दा थकित थियो र झलकलाई ऋण माथी झन ऋण थपिएको थियो अन्य बिकल्प केही थिएन त्यसैले पुनः बिदेश हानिए । यसपालि भने थोरै भएपनि ऋण घटाए तर भने जस्तो भएन र नेपाल फर्किए । झलक नेपाल फर्केपछि जिबिकोपार्जन त गर्नैपर्यो त्यसैले ज्यालादारी काम गर्न थाले । सत्यदेवी दोस्रो पटक गर्भवती भइन र सुत्केरी हुने समय नजिकिएकाले घरमा हस्पितल जान र अन्य आबश्यक खर्च गर्ने नभएकोले उनी माइत गइन। जन्मघरमा सुत्केरी हुनु हुदैन अशुभ हुन्छ भनि समाजले उनलाई जन्मघर बस्न नदिइ फर्काए र गाईगोठमा आएर सुत्केरी भइन । सुत्केरी भएको ६ दिनदेखि घरका सम्पुर्ण काम आफैले गर्दै आइन, श्रीमानलाई सहयोग माग्दा उल्टै महिलाको काम हो आफै गर्नी भनी मुख फर्काए ।
जब सत्यदेवीले ५ दिनको ग्रामिण नमुना कृषकको तालिम लिइन जतीबेला उनकी छोरी १५ महिनाकी थिइन । त्यो तालिमले आफ्नै बारीमा बिबिध किसिमका तरकारी र फलफूलहरु उत्पादन गर्नुपर्छ र बच्चालाई पनि खुवाउनुपर्छ भन्ने कुरा सिकाएको थियो । उनले जग्गा भाडामा लिएर पनि खेतीपाती गर्न थालिन । यसका साथै कुखुरापालन र गाई भैसी पालन गरी स्थानीय बजारमा अण्डा र दुध बेचबिखन सुरु गरिन् । ‘मिलन म्याग्दीका सुआहारा फिल्ड सुपरभाइजर र सुआहारा कार्यक्रम प्राबिधिक अधिकृतको नियमित फलोअप र परामर्शले गर्दा उनका उत्पादन बजारीकरणमा बृदि हुदै आएको र १००० दिनको अवधिमा पोषण र स्वास्थ्यको महत्व पनि बुझ्ने अवसर पाएको र पहिलो गर्भ हुदै थाहा भएको भए छोरीको पोषण अवस्था सुधार गर्न सकिन्थ्यो होला’ भन्छिन् । उनले चाहाना कृषक समुह नामक घरायसी खाद्यान्न उत्पादन समुह बनाइ १००० दिनका महिलाहरुलाई जम्मा गरी घरायसी खाद्यान्न उत्पादनको बारे, सरसफाई र पोषणको महत्वबारे, उत्पादनलाई बृद्धि र बजारिकरण गर्ने बारे छलफल गर्ने गरेकाछन् । अलिकती भएका उत्पादनको पनि स्थानिय बजार पाएपछि व्यवसायलाई बृद्धि गर्ने उद्देश्यले नजिकैको बजारमा जग्गा भाडामा लिएर सानो पसलको सुरुवात गरेकाछन् । सत्यदेवीले व्यवसायिक योजना, ऋण तथा बचत तालिम सुआहारा कार्यक्रमाबाट लिने अवसर पाउनुभयो र तालिमबाट फाइदा, घाटा र बजार मुल्यको बारे थाहा पाइसकेपछि घरमा पालेका भैसी र बाख्रा बेची आफ्नो व्यवसायलाई बृद्धि गर्ने अठोट लिएर नै ३ रोपनीमा मौसमी तरकारी खेती गर्नूभएकोछ । ग्रामिण नमुना कृषकको समुहलाई पालिकामा दर्ता गरी चलाइरहनुभएकोछ । वरीपरी गाउँघरका १००० दिने आमाका परिवार तथा ग्रामिण नमुना कृषकले उत्पादन गरेका तरकारी संकलन गरेर बेच्ने गरेकाछन् र मासिक रु. ६०,००० कमाइ गर्ने गरेको बताउछन् । अन्नपुर्ण गाउपालिकाका १००० दिने आमा बाको जोडीलाई लैंगिक समानता तथा सामाजिक समाबेसिकरण सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको थियो त्यसमा सत्यदेवीको जोडीले पनि भाग लिनुभयो । त्यसपश्चात उनको श्रीमानले गर्ने व्यवहार परिबर्तन भएकोछ । झलकले तालिम पछि घरायसी काममा सहयोग गर्ने तथा घरसल्लाहमा काम हुने गरेको र अरु छिमेकीलाईपनि घरायसी काम बाँडेर गर्नुपर्छ महिलालाई मात्र भार पार्नु हुन्न भनेर उत्प्रेरित गर्ने गरेको उनको भनाई छ । तालिममा ढुंगा खेल खेलेपछि कामको भार बल्ल अनुभुती गरेको र महिलाले घरमै बसेर गरेको घरायसी काम नदेख्ने र आफुलाई बाहिर गएर कमाई ल्याएको दुई पैसा मात्र देख्ने भ्रम हटेको र महिला घरमै बसेपनि कामको भार झन धेरै हुने महशुस गरेको झलकको भनाई छ । त्यसैले तालिम आयोजना गरेकोमा सुआहारा कार्यक्रमलाई धेरै धेरै धन्यबाद व्यक्त गरेकाछन् । सत्यदेवी भन्नुहुन्छ, ‘मिलन र सुआहारा कार्यक्रमप्रती ऋणी छु । मैले सोचेको थिएन श्रीमानमा यती धेरै परिबर्तन हुन्छ भनेर । बच्चालाई बिद्यालय पठाउन तयारी, गृहकार्य गर्नमा सघाउ र तरकारी तथा फलफुलहरु नजिकैको गाउँबाट संकलन गरी ल्याउने गर्नुहुन्छ । घरको काम पनि देखेको गर्नुहुन्छ कुनै बाडफाड छैन यती छिट्टै परिबर्तन भयो आसा छ यो परिबर्तन दिगो रहनेछ ।’
प्रस्तोता ः साक्षी पौडेल
घरायसी खाद्यान्न तथा बजारीकरन अधिकृत
सुआहारा कार्यक्रम
मिती २०७७ जेष्ठ ८ गते ।