मिति २०७९ श्रावण ६ गतेका यस मिलन म्याग्दीदुारा संचालित सुआहारा कार्यक्रमको सातौ बर्षकौ अभिमुखीकरण तथा योजना बैठक सम्पन्न भएको छ मिलन म्याग्दीले छौटौ बर्षमा सम्पन्न गरेका कार्यक्रमको प्रगति विवरण फिल्ड संयोजकले प्रस्तुत गर्नुभयको थियो सुआहारा कार्यक्रम सफलता साथ सञ्चालन गरेकोमा धन्यवाद दिदै बरिष्ट कार्यक्रम संयोजक रामचन्द्र अधिकारिले आगामी दिनमा पनि राम्रो काम गर्ने अपेक्षा रहेको बताउनु भयो साथै सुआहारा कार्यक्रमले पालिकामा भएका असल अभ्यासहरु, सफलताका कथाहरु र समस्या तथा चुनैतीहरु बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो साथै पोषण, स्वास्थ्य , परिवार योजना तथा जेसि सम्बन्धी चालु बर्ष संचालन गरिने क्रियाकलापहरुको बारेमा पोषण तथा स्वास्थ्य अधिकृतले प्रस्तुत गर्नुभयको थियो
यस्तै खानेपानी , सरसफाई तथा स्वच्छता सम्बन्धी चालु बर्षमा संचालन गरिने क्रियाकलापहरुको बारेमा प्रस्तुतीकरण वास अधिकृत र घरायसी खाधान्न उत्पादन तथा बजारीकरण सम्बन्धी चालु बर्षमा संचालन गरिने क्रियाकलापको बारेमा घरायसी खाधान्न तथा बजारिकरण अधिकृतले गनुभएको थियो । बैठक मिलन म्याग्दी का अध्यक्ष कमला बानियाँ थापा को अध्यक्षता कार्यकारी निर्देशक दिलमाया बिटालुको स्वागत मन्तव्य र फिल्ड संयोजक गरिमा पुनमगरले सञ्चालन गर्नुभएको थियो ।