पोषण सुधारले जीवन परिवर्तन

जुना परियार, एक हजार दिने आमा हुन् । उनी म्याग्दी जिल्ला रघुगंगा गाउपालिका वडा.न.२ स्थित बस्नुहुन्छ । उनको परिवार तीन बालबच्चाहरु, श्रीमान र सासुआमा गरी छ जनाको छ । बसन्त बहादुर परियार, जुना परियारको श्रीमान हाल रोजगारको लागी खाडी मुलुकमा छन्। उनको तिन जना बच्चाहरु मध्य दुई वटा जेठा छोरा सात र पाँच र्वषका छन् र कान्छि छोरी दश महिनाकि छिन्। जुनाको परियारको जिविकार्पाजन सबै उनको श्रीमानले नै धानेका छन्। पहिले परियारको परिवार आकस्मिक तथा उपचारात्मक सेवाको लागि वा बच्चा हरुको खोप लगाउन परेमात्र स्वास्थ्य चौकि गएर स्वस्थ्य सुविधा लिने गर्थे। त्यो संगसँगै स्वास्थ्य आमासमुहको भेलामा उपस्थीत हुने कुनै चासो थिएन। उनिहरुलाई लाग्थ्योकी खानामा बिबिधिकरण गरेर खाइयो भने शरीरले पचाउन सक्दैन र उनिहरुमा ग्यास्ट्र्कि को समस्या हुन्छ । ६ महिना पुरा पुगेका बालबालिकाहरुको लागि अण्डाको उपभोग स्वास्थ्य र पोषणको दृष्तिकोणले निकै लाभदायक छ भन्ने कुरा उनलाई थाहा नै थिएन जसकाराण उनी आफ्नो  छारीलाई दालभात र आलु मिचेर दिनको दुई पटकमात्रै खुवाउथिन् ।

समयसगैँ परिबर्तन सम्भब छ । पहिले आमाहरुलाई बच्चाको बृद्धि र बिकास अनि त्यसले पार्ने असरबारे खासै चिन्ता र चासो हुदैनथ्यो । आजभोली अलि धेरै चासो राखेको पाईन्छ त्यही क्रममा उनीसगँ सुआहारा कार्यक्रमका सामुदायिक पोषण स्वंयमसेवक माधबी पोखरेलको भेट भयो । गर्भावस्थामा नियमित गर्भजाँच गर्नु, गर्भावस्थामा परिवारको राम्रो हेरचाह, स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने, उत्तर प्रसुती जाँच गर्ने, उमेर अनुसार उचित र उपयुक्त मात्राको खानपान, स्तनपान गराउनु, बच्चालाई चाहिने सम्पुर्ण खोप लगाउनु र नियमित रुपमा बच्चाको बृद्धि अनुगमन गर्नु भनेको एउता बच्चा स्वस्थ र बलियो हुने आधार हुन । जुना परियार गर्भवती हुदाँ सुआहारा कर्मचारीद्धारा नियमित भेटघाट र माथि उल्लेखित व्यवहारहरु परामर्श गरेको कुरा उनलाई अहिले आएर अनुभुती भएकोछ किनकी उनको १० महिने छोरी सुहाना परियार फुर्तिलो र चलाख छिन् ।

जुना परियार उनको बच्चा र स्वयम  आफ्नो स्वास्थ्य सेवा लिनको निम्ति नियमित स्वास्य चौकि जान्छीन्। अनि नियमित स्वास्थ्य आमा समुहको बैठकमा समेत उपस्थित हुन्छिन्। जहा उनले आफ्नो र बच्चाहरुको स्वास्थ्य र पोषण सँग सम्बन्धि सुचनामुलक सन्देशहरु सिक्ने र बाड्ने अवसर पाइरहेकीछिन्। उनले आफ्नो छोरीको पालन पोषण सम्बन्धि अनुभबहरु पनि सुनाउछिन्।

उनी पोशिलो खाना प्रर्दशनीमा सहभागि भएर सचेतना मुलक सन्देश प्रवाहमा राम्रो भूमिका खेलेकी छिन। जहाँ स्थानिय रुपमै पाइने खानेकुराहरुबाट कसरी पोशिलो जाउलो बनाउन सकिन्छ भनि अभिमुखिकरण गराउछिन्। उनले त्यस प्रर्दशन सँगै थप आफ्नो अनुभबहरु पनि सुनाँउछिन्। ६ महिना पुगिसकेको बालबालिकालाई अण्डा खुवाउदा ग्यास्ट्रिीक होइन उस्को शारीरिक र मानशिक बृद्धि बिकास हुनमा सघाउ पुर्याउछ । मेरो गलत बुझाई भएको रहेछ अण्डा खादा बच्चालाई ग्यास्ट्रिक हुने कुरा अण्डा त एउटा पुर्ण खाना रहेछ बच्चालाई चाहिने सम्पुर्ण पौष्टिक तत्व पाइदोरहेछ त्यसैले मैले मेरो छोरीलाई दिनहुँ अण्डा खुवाउने गरेकोछु । साथै  यो १००० दिनको अवधीमा उपभोग गर्नु एकदमै लाभदायक हुन्छ जस्ता कुराहरु उनले बैठकमा बाड्छिन् । उनि अहिले यस स्वास्थ्यआमा समुहको बैठकमा  सहभागि भए पस्चात राम्रो ज्ञान पाएकि छिन। साथसाथै उनि खोप लगाउनको लागि आफ्ना दुई जेठा छोराहरुलाइ लिएर स्वास्थ्य चौकी जाने गर्थिन र स्वास्थ्य सेवा लिन्थिन तर हाल र्वतमानमा आएर सबै कुराहरु बदलियो उनले आफ्नो कान्छि छोरीलाइ स्वास्थ्य सेवाको लागि नियमित लैजान्छिन र साथै उनको थप वृदि र विकासमा ध्यान पुर्याउछिन। अहिले उनको छोरिको स्वास्थ्य र पोषणको अवस्था छोराहरुको भन्दा राम्रो छ।

उनले थप आफ्ना अनुभवहरु सुनाउछिन “ उनलाइ अहिले सुआहारा कार्यक्रमले अफ्नो जिवनमा ठूलो परिर्वतन आएको महशुस  भएको छ। उनले भन्छिन मैले  आफ्नो छोरीलाइ ६ महिना सम्म पुर्णस्तनपान गराएको थिए।” त्यस्तैगरी उनले बच्चालाई ६ महिना पछि स्तनपान संगसँगै विविध पोषण युक्त खाना जस्तै अण्डा, मासु समेत खुलाइन्। उनले नियमित आफ्नो छोरीलाइ  स्वास्थ्यचौकि लगेर वृदि अनुगमन गर्छीन। अहिले उनकि छोरि दश महिनाकि भइन  र उनको तौल नौ के.जी रहेको छ। मिलन संस्थाका सामुदायिक पोषण स्वंयमसेवक नियमित मेरो छोरीको पोषण अवस्थालाइ चेकजाँच गरी सहयोग गर्छिन् । उनले मेरो घरमा आएर मेरो छोरीको पाखुरा नापेर उनी अहिले हरियोमा (१३.५ से.मि) छिन र साच्चै राम्रो स्वस्थ अवस्थामा छिन भनेर भन्छिन्। मेरो छोरी अहिले छोराहरु भन्दा निकै तन्दुरुस्त र स्वस्थ्य देखिन्छिन् । मैले अहिले भन्छिन आमा रेडीयो र्कायक्रम र यूटुब र्हेछु।  मेरो श्रीमान बसन्त अहिले मेरो फेसबुक पेजलाइ लाइक गरेर आफ्नो सुचना सम्प्रेषण र्गनुहुन्छ र साथसाथै मेरो छोरीको स्वास्थ्य र पोषणको ब्यवस्था लाइ लिएर प्रत्येक कलमा सोध्नुहुन्छ। मेरो  परिवारहरु पनि मलाई स्वास्थ्य आमा समुह र बृद्धि अनुगमनमा सहभागी हुनको लागि सहयोग र्गनुहुन्छ। मेरो छोरीको लागि उहाँहरुले ठूलो साथ र सहयोग र्गनुभएको छ। उहाहरुले मलाइ मेरो छोरीको निम्ती विविध पोषणयुक्त खानाको लागी प्रोत्साहन र्गनुहुन्छ। म सुआहारा कार्यक्रम प्रती धैरै धन्य छु ।

 

परियार परिवार हजार दिने आमा र उनको परिवारको लागि एक राम्रो उदाहरण हुन जसले अवसर र त्यस्को महत्वलाई बुझेर स साना दैनिक व्यवहारलाई परीर्वतन गरी मजबुत र स्मार्ट परिवार बनाउन प्रोत्साहन गर्छ ।

 

प्रस्तुतकर्ता

माधवी पोखरेल खत्री

सामुदायिक पोषण स्वंयमसेवक

रघुगंगा गाउँपालिका २ राखुभगवती