मानव बेचविखन विरुद्वको अभियानमा हामी सरोकारवालाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम म्याग्दी बहुमुखि क्याम्पसको सभाहलमा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीको  जिल्ला न्यायधिवक्ता श्री गोविन्द उपाध्यायबाट मानव बेचविखन तथा ओसारपसार सम्वन्धि वर्तमान अवस्था साथै कानूनी प्रावधान र  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक श्री राजन रायमाझीबाट मानव बेचविखन तथा ओसारपसार तथा अपराध र म्याग्दी जिल्ला लगायत राष्ट्रिय अन्तराष्ट्रिय अवस्था  प्रस्तुतीकरण गरी अन्तर्कियात्मक कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा बेनी नगरपालिकाको प्रमुख श्री सुरत केसी ज्युको प्रमुख आतिथ्यता , श्रीधर सुवेदीको अध्यक्षता र  मिलन मिलन म्याग्दीको अध्यक्ष दिलमाया विटालुको संचालन र जिल्ला प्रशासन कार्यालय म्याग्दी, विकास कार्यालय म्याग्दी , यस संस्था मिलन म्याग्दी,  लगायत संघ संस्थाको आयोजना साथै मिलन म्याग्दीको समन्वयकारी भूमिका तथा ब्यवस्थापनमा कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख लगायतको उपस्थित  रहेको थियो ।