मिलन म्याग्दी स्थापना भएदेखि हालसम्म जिल्ला र जिल्लाभन्दा बाहिर पुगेर सञ्चालन गरेका २८ वटा परियोजना, समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमहरु त्यसले पारेको प्रभाव, प्राप्त उपलब्धि तथा सिकाइलगायत विभिन्न गतिविधिहरु समेटिएको छ । कार्यक्रमको उद्घाटन तथा ब्रोसरको बिमोचन गर्दै मिलन म्याग्दीका संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँले विगतदेखि नै मिलन म्याग्दीले समाज रुपान्तरण तथा परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आइरहेको बताउनु भएको थियो। उहाँले राज्य पुग्न नसकेको ठाउँमा पुगेर गैरसरकारी संघसंस्थाले समुदायस्तरमा काम गरिरहेको बताउँदै समुदायमा सञ्चालन गरेका गतिविधिको उपलब्धिहरु धेरै लामो समयपछि मात्रै देखिने बताउनु भएको थियो ।