मिलन म्याग्दीको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। मिति २०७९।०६।२९ गते शनिवार बेनीमा संस्थाका अध्यक्ष कमला थापाले चालु आर्थिक वर्ष २०७९।०८० को प्रस्तावित कार्यक्रम र भावी कार्ययोजना, सचिव तिलकुमारी रानाले प्रगति र कोषाध्यक्ष ज्ञानुकुमारी केसीले पेश गरेको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।
यसैगरी साधारणसभाले नतिजामा आधारित योजना अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन मार्गदर्शन निर्देशिका–२०७९, संस्थाको कार्य रणनीतिलाई परिमार्जनसहित बनाइएको संस्थाको कार्यसञ्चालन निर्देशिका–२०७९ र सञ्चार निर्देशिका–२०७९ पारित गरिएको थियो । त्यस्तै साधारणसभाको अवसरमा विभिन्न १० जना व्यक्तिलाई मिलन म्याग्दीको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मिलन म्याग्दीमार्फत सञ्चालित सामुदायिक झोलुङ्गे पुल निर्माण र सुआहारा कार्यक्रम जिल्लाको सबै स्थानीय तह हुँदै वडासम्म पुगेको बताउनु भएको थियो । उहाँले विकासका लागि नेपाल सरकारले सरकारी र गैरसरकारी क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको बताउँदै राज्यले चालेको नीति र कार्यक्रमलाई राज्य पुग्न नसकेको ठाउँहरुमा सामाजिक संघसंस्थाहरु मार्फत पुर्याएर दीगो विकास गर्ने उद्देश्य रहेको बताउनुभयो । तत्कालीन द्वन्द्वकालीन समयमा राज्य पुग्न नसकेको ठाउँमा गैरसरकारी संस्था मिलन म्याग्दी पुगेर विकास निर्माणसँगै सामाजिक जागरणको कार्य गरेको बताउनु भएकाे थियो । भने जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको िथयो । जसमा जिल्ला समन्वय समितिको कार्यालय, स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र म्याग्दी, सामाजिक विकास कार्यालय म्याग्दी, गैर सरकारी संस्था महासंघ, महिला अधिकार मञ्च म्याग्दी लगायतको आतिथ्यता रहेको थियो । भने उहाँहरुले सिंहरवारले गर्न नसकेको कार्य गैर सरकारी संस्था मिलन म्याग्दीले गरिको बताउनु भएको थियो । उक्त सभामा संस्थाको संस्थापक पूर्व अध्यक्ष एव सल्लाहकार र आजिवन तथा साधरण सदस्यहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
१८औं वार्षिक साधारणसभाका केहि तस्बिरहरु