सरकारी अनुदानमा झोलुङ्गे पुल र स्थानीय समुदायको श्रमदानमा पहुंच मार्ग बनेपछि विद्यालय र अन्य काममा जान सहज

म्याग्दी जिल्ला मंगला गाउपालिका वडा न. ४ बरंजामा जुगेपानी झोलुङ्गे पुल उपभोक्ता समिति र मंगला गाँउपालिका बिच २०७६ साल जेठ महिना १९ गतेका दिन सम्झौता भई २०७६ साल माघ महिना २४ गतेका दिन ५९.७५ मीटर लामो जुगेपानी झोलुङ्गे पुल सम्पन्न भएको थियो । कुल रु ३२,९६,४८३।– (अक्षेरुपी बत्तिस लाख छयानब्बे हजार चार सय तिरासी) मा सम्पन्न भएको थियो । जसमध्ये गाँउपालिकाको रु.२,०१,०९७।– समुदायको रु ७८,८७०।– स्वापबाट रु २७,५५,७३६।– र समाग्री सहयोग (लठ्ठा तथा बुलडग ग्रीप्स) रु २,६०,७८०।– लगानी भएको थियो ।

पहिला पुल नहुंदा वर्षातको महिनामा (करीब ६ महिना) एउटा टोल देखि अर्को टोलमा जान एकदम जोखिम मोलेर जानु पर्ने हुन्थ्यो । काठको साँगु हालेर तर्नु पर्ने हुन्थ्यो । विद्यालय जान आउन पनि त्यति नै जोखिम थियो । दैनिक नभई नहुने उपभोग्य वस्तु पनि ६ महिनाको लागि पहिले नै जोहो गरेर राख्नु पर्ने हुन्थ्यो । यो पुल सम्पन्न भए पछि ७३२ घरधुरीका ३७१८ जनालाई धेरै सहज भएको छ । घाँस दाउरा गर्न , सम्पुर्ण दैनिक उपभोग्य वस्तु आयात निर्यात गनर्, विद्यालय आउन जान सजिलो भएको छ । उत्पादन भएका अन्नबाली पनि बिक्री बितरण गरी आय आर्जनमा समेत वृद्घि भएको यसै पुलको सचिव दुर्गा वहादुर विश्वकर्माले बताउनु भएको छ । विशेष गरेर यो पुल जनजाती र दलितको प्रतिनिधित्वमा सम्पन्न भएको हो । ११ जनाको उपभोक्ता समितिमा ४ जना दलित र ७ जना जनजाती सदस्यहरु छन् जसमध्ये ५ जना महिला छन् ।

सरकारी अनुदानमा झोलुङ्गे पुल त बन्यो तर पुल सम्म पुग्नलाई पहुंच मार्ग भएन । कतिपय ठाउंहरुमा पुल बनेको हुन्छ तर सहज पहुंच मार्ग नहुंदा आवत जावत गर्ने पैदल यात्रीलाई असहज हुने मात्र होइन वर्षा याममा चिप्लेर खोलामा खस्नगइ जन धनको क्षती समेत व्यहोर्नु पर्ने हुन्छ । जुगेपानी झोलुङ्गे पुल उपभोक्ता समिति लगायत स्थानीयवासीले आफ्नै श्रममा पहुँच मार्ग निर्माण गर्ने निर्णय गरे । “हाम्रो गाउँ राम्रो ठाउँ, पुल मात्र होइन बाटो पनि बनाऔं.” भन्ने नाराका साथ काम शुरु गरे । पहरो भएकोले बाटो बनाउन सजलो भने थिएन । तैपनि “खाने मुखलाई जुंगाले छेक्दैन” भनेझैं गाउंमा भएका डकर्मिहरुले ढुंगा कांटछांट गरी सिंडी बनाउन थाले भने अन्य पुरुष तथा महिला पहरो काट्ने र माटो खन्ने काममा जुटे । यसरी उपभोक्ताहरु एक जुट भई करीब महिना दिनमा दायां किनाराको पहरो कोपेर लगभग १५० मिटर लामो र १.५० मीटर चौडाइको पहुंच मार्ग (घोडेटो बाटो) बनाउन सफल भए । पहुंच मार्ग सम्पन्न गर्न उपभोक्ताहरुले करीब ३०० दिन ९उभचकयल मबथक० खर्च गरे । सरकारी वजेट विना पनि कतिपय विकासका कामहरु गर्न सकिन्छ भन्ने भनाइलाई पुष्टि गर्न यो एउटा गतिलो उदाहरण हो ।

पहुंच मार्ग निर्माण अघि दायां किनारामा पहरोको बाटो

बिद्यार्थीहरु पुल तर्दै -पुल निर्माण पछि विद्यालय जान सुरक्षित र समय बचत भएको छ)
छवि पुर्जा
सामाजिक सुपरिवेक्षक
मिलन म्याग्दी