म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार समीक्षा वैठक तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको समीक्षा एवं कार्यसमिति र कर्मचारीहरुबीच अन्तत्र्रिया गरिएको थियो । साथै सन् २०१६ देखि म्याग्दी जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले समुदायका सुनौलो हजार दिनका महिला तथा दुई वर्षमुनिका बालबालिकाहरुको पोषण तथा स्वास्थ्य अवस्थाको गतिविधिबारे अन्तर्किया र छलफल गरिएको हाे।
ग्रामीण भेगका महिला र बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन भए गरेका प्रयासहरुको विषयमा संस्थाका पदाधिकारी तथा कार्यक्रमका कर्मचारीहरु बीच अनुभव बाँडिएको थियो । सोही अवसरमा विजयादशमी–२०७९ को शुभकामना आदानप्रदानसहित मिलन म्याग्दीद्वारा प्रकाशित मिलन ब्रोसर दोस्रो प्रकाशनको अङ्क बिमोचन समेत गरिएको थियो ।