चिना पुन, रघुगंगा ७ चिमखोला
म्याग्दी जिल्ला रघुगंगा गाउंपालिका वडा नं. ७ चिमखोला बस्ने चिना पुनले खानेपानी सरसफाई, स्वच्छता सम्बन्धि बैठकमा भाग लिए पछि आफ्नो घरमा मात्र नभएर छिमेकीलाई समेत सरसफाईमा सुधार गर्न सल्लाह दिंदै आईरहेकी छिन ।
आवास सहितको सानो होटल र कृषि पेशा गर्दै आएकी ३४ वर्षिय चिनाको परिवारमा श्रीमान छ प्रसाद पुन र दुई जना छोराहरु छन । होटलमा खाना खाजा बनाई सानो ब्यापार पनि चलाउंदै आएकी चिनाले बैठक, तालिम, सभा समारोहमा आउनेहरुको लागि खाजा र आबश्यकता अनुसार खाना बनाउने गर्दछिन ।
गत साल पौष १४ चिमखोला गाउंमा खानेपानी सरसफाई, स्वच्छता सम्बन्धि बैठक भएको थियो । त्यस बैठकमा खाजा खुवाउने ब्यक्तिको रुपमा उपस्थित भए पनि केही छलफलको बिषय बस्तु सुन्न पाईन् । त्यो बिषय उनलाई पनि महत्वपूर्ण लागेकोले ध्यान दिएर बुझ्न पाईन् ।
उनले बैठकमा चर्पि, साबुन पानीले हात धुने, पिउने पानी, भान्सा र खानेकुरा अनि घर आगन सरसफाईको बारेमा जे सुनिन त्यस अनुसार आफ्नो घरमा गएर हेर्दा त्यस्तो थिएन । उनको घरमा चर्पिको ब्यबस्था त छ तर सफा नभएको सरदर उचाईका ब्यक्तिले सिधा उभिन पनि नमिल्ने खालको थियो । त्यसै गरि सामन्य अबस्थामा हात धुने गरे पनि साबुनको प्रयोग भने उति गरिदैनथ्यो । कुन कुन अबस्थामा साबुन पानीले हात धुनै पर्ने हो भन्ने जानकारी नभएको र ब्यबहारमा पनि प्रयोग गरिदैन्थ्यो । जाडोको मौसममा तातोपानी र अन्य समयमा सिधै चिसो पानी पिउनमै मजा आउंथ्यो । खाना पकाउनको लागि परम्परागत ढंगको चुलो थियो । सांगुरो र होचो भन्सा कोठा भएकोले धुवांले आ“खा पिरो हुने र आ“सु निकाल्ने कुरा त बानी परिसकेकै थियो । खाना पकाउने भाडा माझ्ने काममा पनि त्यती जांगर चल्दैन्थ्यो । खाना सुरक्षित पारी राख्ने तरीका त्यती थाहा थिएन । घर भित्र बाहिरको सरसफाईमा पनि त्यती ध्यान दिने चलन थिएन ।
चिना भन्छिन “सरसफाई र मेरो होटलका ग्राहक बिच सम्बन्ध भएको कुरा मलाई जति बेला हेक्का भयो, त्यो निक्कै समय घर्किएको महसुस गरें मैले त्यस बैठकमा ।”
हाल चर्पि पुरानो भएकोले निर्माणाधिन अबस्थामा छ । पुरानो चर्पिमा पनि सरसफाईका सामाग्री हर्पिक ब्रस आदी राख्ने र प्रयोग गर्ने गरे पनि सफा नदेखिने समस्याले वाक्क भईयो । हात धुनको लागी आगनकै डिलमा पानीको धारो छ । त्यहां साबुनको खांचो कहिलै पनि हुदैन । बिभिन्न जोखिमपूर्ण अबस्थामा साबुन पानीले हात धुने बानी बसाल्न सजिलो पारेको छ । हिजो आज त नुहाई धुवाई नङ काट्ने, कपाल कार्ने, दात माझ्ने गरिएन भने आफैलाई असजिलो महसुस हुने र अरुले के भन्लान भन्ने चिन्ता लाग्ने गर्दछ । यस्तो अनुभव पहिला हुदैनथ्यो ।
पिउनको पानी लागि उमालेरै प्रयोग गरिन्छ । बिद्युतको सुबिधाले गर्दा वाटर डिस्पेन्सर (पानी तताउने भांडो) राखेको भरखर एक महिना मात्र भयो । यसैको प्रयोगबाट उमालेको पानी पिउन छिमेकीहरु पनि आउने गर्छन । यो भांडो देखे पछि होटेलमा आउने ग्राहकहरुले पनि सराहना गरेका छन । यो निक्कै उपयोगी चिज रहेछ भनेर म त दङ्ग परेको छु ।

सुधारिएको चुलो मा खा ना पकाउदै चिना पुन को जोडी

सुधारिएको चुलो

सुधारिएको चुलो

सुधारिएको चुलो

सुधारिएको चुलो

तीन महिना अगाडी फलामको चुलो राखे पछि त भन्साकोठाको रुपै फेरिएको अनुभव गरेकी छु । पकाउन सजिलो, भाडा कालो नहुने, खरानीको फोहोर लतपत नहुने र भन्सामा धुवांको अनुभव गर्नै नपर्ने । यो हिंउदमा रुधाखोकीले पनि छोएन ।
आगनकै डिलमा पानीको धारो भईदिनाले आगन सफा गर्न सजिलो भएको अनुभव छ चिनालाई । सफा भन्साकोठा, ¥याकमा माझेका भाडाले कोठै उज्यालो भएको बताउंछिन ।
हिजोआज चिनाले “जांगर चलाए सरसफाई गर्ने कुरा त्यती गाह्रो कुरा होईन । आफ्नै घरबाट सुधार गर्न सकिनै रैछ” भन्छिन आफ्ना छिमेकीहरुलाई ।

समाप्त
२०७४ माघ २५