स्थानीय श्रोतसाधनको दीगो व्यवस्थापन र सामाजिक परिचालनको माध्यमबाट पछाडि परेका-पारिएका वर्ग तथा समुदायको सशक्तीकरण एवं सामाजिक समावेशीकरणमा जोड दिदैं अधिकारमुखी अवधारणाका साथ सामुदायिक विकास तथा सामाजिक रुपान्तरण प्रक्रियामा सहजीकरण गर्दै समृद्ध समाज निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ मिलन म्याग्दी नेपालको संघ संस्था ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विधिवत रुपमा २०५६।१०।२८ मा दर्ता भई (द.नं. १३३÷०५६) समाज कल्याण परिषदमा २०५७।२।२० मा आवद्ध भएको (आ.नं.१०८१३) एउटा क्रियाशिल गैरसरकारी संस्था हो । यो एक गैरराजनैतिक, गैरसाम्प्रदायिक र मुनाफारहित सामाजिक तथा सेवामूलक संस्था हो ।

आफ्नो स्थापनाकाल देखि हालसम्म आइपुग्दा जिल्लाका बिभिन्न समुदायहरुमा यस संस्थाले सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ), पूर्वाधार निर्माण (पुल निर्माण, मोटर बाटो, गोरेटो, सिंचाइ, खानेपानी, विद्यालय भवन, सामुदायिक भवन,) आर्थिक क्षेत्र (जिविकोपार्जन योजना निर्माण र कार्यान्वयन, घुम्तीकोष परिचालन, आर्यआर्जन क्रियाकलाप संचालन, कृषि, पशुपालन, कृषि तथा वनमा आधारित उद्यम विकास ), जलवायु तथा वातावरणीय क्षेत्र (वन व्यवस्थापन, मुहान संरक्षण, जलवायु अनुकुलन योजना निर्माण र कार्यान्वयन, स्वच्छ एवं नवीकरणीय उर्जा, सुधारिएको चुलो विस्तार एवम् प्रवद्र्धन) तथा मानव अधिकार संरक्षणको क्षेत्रमा सामाजिक परिचालनको प्रक्रियाबाट समूह निर्माण तथा व्यवस्थापन, विविध चेतनामुलक कार्यक्रमहरु, तालिम, गोष्ठीहरु, संचालन गरी व्यक्तिको व्यक्तित्व, नेतृत्व विकास संगै सामुदायिक विकासको गतिलाई उल्लेखनीय रुपमा अगाडि बढाउदै समृद्ध समाज निर्माणको आफ्नो सपनालाई पूरा गर्ने तर्फ निरन्तर लागिरहेको छ ।