नन्द गर्बुजा, चिमखोला गाउंकी स्थायी बासिन्दा हुन । चिमखोला गाउं म्याग्दी जिल्ला रधुगंगा गाउंपालिकाको वडा नं. ७ हो । यहां नन्द जस्ता ३६० घरपरिवार (जनगणना ०६८) घर परिवारको बसोबास छ ।
नन्दको घरमा तीन जनाको परिवार छ । श्रीमान, आपूm र एउटी तीन वर्षकी छोरी । उनको श्रीमान रोजगारको लागि बिदेश गएको एक वर्ष भयो । यस भन्दा अगाडी पनि उनि २÷३ पटक रोजगारको लागि गएका थिए ।
नन्दको घरको पेशा कृषि हो । यो पेशाबाट प्राप्त अन्नले ६ महिना सम्म खान पुग्छ । बांकी महिनाहरुको लागि नन्दले ज्यालादारीमा कृषिको काम गर्दछिन ।
नन्द स्वास्थ्य आमा समूहको सदस्य पनि हुन । त्यस्तै चिमखोला गाउंमा हिमालयन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य पनि हुन । सहकारीमा हरेकले महिनै पिच्छे रु.१००÷– वचत गर्ने नियम छ ।
एक वर्ष अगाडी सम्म उनको घर हेर्दा अब्यबस्थित जस्तै थियो । पराम्परागत चुलोमा खाना पकाउंथे । भांडा माझ्ने कुनै निश्चित ठाउं थिएन । आगन भरि जता पनि माझ्न पाईने भएकोले आगन त आगन जस्तो पनि थिएन । भाडा माझ्दा निस्केको फोहोर पानीले त आगनको घुलो मार्छ भनेर आगनमै फाल्ने चलन थियो । चर्पि थियो तर सरसफाईको सामाग्री केही पनि हुन्थेन । पानी पनि बाहिर बाटै लिएर जानु पथ्र्यो । साबुन त लुगा धुंदा मात्र झिक्ने गरिन्थ्यो । पिउने पानी यसो हेर्दा संङलो देखे पनि खाने गरिन्थ्यो । खाना पकाएको भांडा माझ्ने चलन पनि २÷४ दिनमा त्यही पनि जांगर चलेको बेला माझे पछि २÷४ दिनलाई ढुक्क भए जस्तो लाग्थ्यो । घरबाट निस्केको फोहोर आगनको डिल मुन्तिर फाल्ने चलन थियो । खाल्टोमा फोहोर फाले निकाल्न गाह्रो हुन्छ भन्थे अरुले पनि । त्यस ताका नन्दको घर पनि सफा नभएको घरमा गन्ति हुन्थ्यो ।
गत वर्ष चैत्र महिनामा हाम्रो स्वास्थ्य आमा समुहको बैठक बस्यो । त्यहां सुआहाराका कर्मचारीबाट खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धि छलफल गरिएको थियो । बिभिन्न चित्रहरु भएको ठूला कागजमा देखाउंदै छलफल चलेको थियो । फोहोर घरका बारेमा पनि चर्चा चल्यो । मेरो पनि नाम आउने हो की भनेर साथीको छेल पारेर बस्न पो थालेछु । त्यो संझ्दा अहिले पनि मन कस्तो तितो भएर आउंछ । म आफैलाई लाज लागेर पो आउंछ हिजो आज त ।
बैठकमा सबै साथीहरुले घर सरसफाईको कार्ययोजना सुनाए । मैले पछाडी बसे पनि मेरो घर बस्न लायकको बनाउनको लागि मन मनै योजना बुनेकी थिएं ।
सबभन्दा पहिला त मैले चर्पि सुधार गरें । चर्पि सुधार्नको लागि खर्च गर्न श्रीमानले पनि सजिलै मन्नु भयो । उहांलाई घन्यबाद छ । अहिले आफ्नै भएर पनि होला अरुको भन्दा मेरै चर्पि राम्रो लाग्छ । पानी, ब्रस, हार्पिग चप्पल चर्पिमा खाली गर्दिन । चर्पिको प्रयाग पछि साबुनपानीले हात नधोए त आपैmलाई कस्तो खस खस लाग्छ । आगन कै डिलमा हात धुने पानी र साबुन छ । साबुन छोरीले खेलाउन खोज्छे । उसलाई पनि धुन सिकाएकी छु । सुधारीएको फलामको चुलो राख्न भनेर चैत्रको बैठकमा छलफल भएको थियो । चुलो त बल्ल पुसको पहिलो हप्ता तिर पो ल्याई दिए । यसमा पकाएको खाना खान मलाई कस्तो हतार भईरहेको थियो । त्यसै हप्तामा चुलो पनि राखें । चुलो राखे पछि त मेरो घरको भन्सा कोठाको रुपै फेरिएको पाएं, मेरै घर पनि होईन की जस्तो भयो । पहिला खाना पकाउंदा धुवा“ले कस्तो आ“खा पोल्थ्यो, खोकी लाग्थ्यो, श्वास फेर्नै कस्तो गाह््रो हुथ्यो । यो सम्झ्दा खाना पकाउन झेउ लागेर आउथ्यो । अहिले नयां चुलो राखे पछि पकाऔं पकाऔं लागि रहन्छ ।
रन बहादुर सारु
२६ माघ ०७४