संस्थाको लक्ष्य र उदेश्यहरु
परिकल्पना : समुन्नत समाज
१) ध्येय :
- सामुदायिक जन संगठनहरुको सुदृढिकरण, लैंगीक र सामाजिक विभेदको संवेदनशीलतामा सचेत नागरिक समाजलाई आधारभूत मानव अधिकारको सुनिश्चितता
- श्रोत साधनको न्यायोचित परिचालन र वितरणको माध्यमबाट अधिकारवालाहरु आत्मनिर्भरतातर्फ उन्मुखता
- सुशासन र आत्मअनुशासन प्रति अधिकारमुखी र उत्तरदायि नागरिक समाज
- संस्थागत सुदृढीकरण तथा स्रोत संस्थाको रुपमा स्थापित
२) लक्ष्य
- आधारभुत अधिकारको सुनिश्चितताका निम्ति अधिकारवालालाई संगठीत तथा सक्षम बनाउन
- समुदायमा आधारित जनसंगठन तथा नागरिक समाजलाई मानव अधिकार सम्पन्न, सुशासनयुक्त तथा विभेदविहीन समाज निर्माणतर्फ उन्मुख ÷ सक्षम बनाउने
- अधिकारवालाहरुलाई स्रोत र साधन ( प्राकृतिक, मानवीय, आर्थिक, भौतिक र सामाजिक) माथि पहँच र नियन्त्रण वृद्धि गरी दिगो जीवीकोपार्जनका उपायहरु अपनाउन सक्षम बनाउने
- अधिकारमुखी विकासको अवधारणाको अगुवाई गर्ने श्रोत सम्पन्न संस्थाको रुपमा संस्थालाई स्थापित गर्ने
३) उद्देश्य
- संस्थालाई सामाजिक परिचालन श्रोत केन्द्रको रुपमा विकास गर्न साधन श्रोत सम्पन्न बनाउने ।
- सामाजिक विभेद समावेशीकरण र आधारभुत मानव अधिकारका बारेमा अधिकारवाला हरुलाई सचेत र संगठित बनाउने
- समुदायमा आधारित संस्थाहरुको सुदृढिकरणमा सहयोग पु¥याउने ।
- सेवा पु¥याउने निकायहरुलाई समुदायप्रति उत्तरदायी बनाउने वातावरण श्रृजना गर्ने ।
- पछाडि पारिएका महिला, दलित तथा विपन्न वर्गलाई अलग अलग सीप विकास कार्यक्रम सञ्चालन गरी आयस्तरमा बृद्धि गर्ने ।
- जनसंगठनहरुको परिचालनबाट अधिकारवालाहरुलाई जीवीकोपार्जन क्रियाकलायहरु संचालन गरी आत्मनिर्भरतर्फ उन्मुख बनाउने ।
- सामुदायिक बनमा आधारित श्रोत, कृषि प्रणालीको आधुनिकीकरण र सीपयुक्त मानवीय स्रोतको समुचित प्रयोगबाट अधिकारवालाहरुको जीवीकोपार्जनमा सुधार ल्याउने ।
- परम्परागत सीप, लोकसंस्कृती, पर्यापर्यटनको विकासमा सहयोग पु¥याउने ।
- कृषि, वन, वातावरण, शिक्षा, स्वास्थ्य तथा सरसफाई, भौतिक पूर्वाधार जस्ता कार्यक्रम संचालन गरी सामुदायिक विकासमा सहयोग गर्ने ।
- सचेतना कार्यक्रमहरु तालिम कार्यक्रम संचालन गरी नागरीक समाजलाई सुशासन आत्म अनुशासनप्रति उत्तरदायी बनाउने ।
- संस्थालाई साधन स्रोत सम्पन्न बनाउदै दिगो स्रोतको खोजी गर्ने ।
४) रणनीति
(क) यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुने ।
(ख) प्राकृतिक श्रोत ( वन, जलाधार) को संरक्षण तथा व्यवस्थापनमा गरीव, महिला एवं पिछडिएको वर्ग तथा समुदायको भूमिका अभिवृद्धि गर्ने र उनीहरुको जीजिकोपार्जनमा सुधार ल्याउन टेवा पुर्याउने ।
(ग) सामाजिक विकास, आर्थिक विकास तथा प्राकृतिक सम्पदासंग सम्वन्धित अध्ययन, अनुसन्धान तथा संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने ।
(घ) स्थानीय श्रोत र साधनको परिचालन गर्दै अल्पकालिन र दीर्घकालिन परियोजनाहरु संचालन गरी ग्रामिण क्षेत्रका गरीव जनताहरुको जीवन स्तर उठाउन सशक्तिकरण गर्ने ।
(ङ) ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका स्थानहरुको संरक्षण, जिर्णोद्धार तथा त्यसको महत्वको बारेमा प्रचार प्रसार गर्न पहल गर्ने ।
(च) कृषि, स्वास्थ्य, शिक्षा, वन वातावरण व्यवस्थापन, खानेपानी तथा सरसफाइ, भौतिक पूर्वाधार निर्माण जस्तै पुल, सडक संग सम्वन्धित सामुदायिक विकासका कार्यक्रमहरु विकास साझेदारहरुसंगको साझेदारीमा संचालन गर्ने ।
(छ) मानव अधिकार तथा समावेशीविकासको लागि गरीव, पिछडिएका समुदाय, दलित तथा जनजाति, अपांगता भएका र महिलाहरुको सशक्तिकरण तथा समावेशीकरणमा जोड दिदै जीवीकोपार्जन सुधारका लागि आयआर्जन क्रियाकलापहरु संचालन गरी आत्मनिर्भरतर्फ उन्मुख बनाउने ।
(ज) महिला, वालवालिका, वृद्धवृद्धा, अपांगता भएकाहरु, ज्क्ष्ख्रब्क्ष्म्क बाट प्रभावितहरु, विपन्न, दलित, जनजाति लगायतका पछाडि परेका तथा पारिएका वर्ग र समुदायको हितमा नीति निर्माण गर्न र उनीहरुको उत्थानका लागि सघन कार्यक्रम संचालन गर्न पैरवी र पहल गर्ने ।
(झ) स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, वालवालिकाको पोषण, खाद्य सुरक्षा जस्ता विषयमा पैरवी र कार्यक्रम संचालनका लागि साझेदारी गर्ने ।
(ञ) सामाजिक विभेद, समावेशीकरण र आधारभुत मानव अधिकारका बारेमा अधिकारवालाहरुलाई सचेत र संगठित बनाउने ।
(ट) महिला हिंसा, घरेलु हिंसा, मानव वेचविखन, वाल श्रम, शोषण, छुवाछुत, जातीय=लैंगिक=प्रादेशिक भेदभाव, वोक्सी आरोप, छाउपडी जस्ता सामाजिक अन्याय, विभेद, विसंगती तथा रुढिवाद विरुद्ध वकालत गर्दै मानव अधिकारको प्रवद्र्धनमा योगदान दिने ।
(ठ) समुदायमा आधारित संस्थाहरुको सुदृढिकरणमा सहयोग पु¥याउने ।
(ड) संस्थालाई साधन र श्रोत सम्पन्न बनाई सामजिक तथा सामुदायिक परिचालन तथा सहजीकरणका लागि श्रोत केन्द्रको रुपमा विकास गर्ने ।